यात्रुवाहक बस दुर्घटना : ५ जनाको मृत्यु

२०८० फाल्गुन २३ गते, बुधबार

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित घाटबेशीनजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय गजुरीका डीएसपी मदन कुँवरले हालसम्म ३८ जना यात्रुको सकुशल उद्धार गरिएको जानकारी दिए । उनले उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको बताए । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले यात्रुको उद्धार कार्य गरिरहेको छ ।
लु २ ख २१२१ नम्बरको बस धाधिङको गजुरी गाउँपालिका– ५ मा पृथ्वी लोकमार्गबाट त्रिशुली नदिमा आज बिहान ५ बजे बस अनियन्त्रित भइ त्रिशुुली नदीमा खसेको थियो ।

प्रतिक्रियाहरु