नेकपा नेता रणवीरकाे देउडा गीत ‘टुटेको मन’ सार्वजनिक

२०८० मंसिर २३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी ‘रणवीर’ काे देउडा गीत (ठाडिभाका) ‘टुटेको मन’ सार्वजनिक भएकाे छ । शनिबार बिहान बिग नेपाली टिभी युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएकाे हाे । रणवीरकाे शब्द रहेकाे गीतमा उदयमान युवा गायक धर्मराज न्यौपानेकाे स्वर र संगित रहेकाे छ । गीतमा विजय थापा मगरले संगित समायाेजनका साथै मिक्सिङ पनि गरेका छन् । गीतमा कुलबहादुर बम र आरती बुढाले अभिनय रहेकाे छ ।
गीतमा पारिवारिक अवस्था कमजाेर भएर विदेशीएका एक राजनीतिक कार्यकर्ताकाे कथालाई समेटेर तयार पारिएको छ । विदेशमा रहेका नेपालीहरूकाे पीडालाई पश्चिम नेपालमा प्रचलित लयमा गीतलाई प्रस्तुत गरिएकाे छ ।
रणवीरकाे यसअघि ‘निरास हुनु हुन्न साथी, हरेस खानुहुन्न’ बाेलकाे गीत सार्वजनिक भएकाे थियाे। उनकाे हालसालै कम्युनिस्ट सत्तामा, क्रान्ति र भ्रान्ति पुस्तक पनि सार्वजनिक भएकाे थियाे।

प्रतिक्रियाहरु