नेकपा कपिलवस्तुद्वारा आगलागी पीडित केसीलाई आर्थिक सहयोग

२०७९ चैत्र ७ गते, मंगलवार


काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुले पसलमा आगलागी हुँदा पीडित भएका गणेश केसीलाई आर्थिक सहयोग गरेको छ।जिल्लाको शिवराज नगरपालिका वडा न९ भगवानपुरमा गत फागुन २७ गते भएको आगलागीका कारण केसीको पसलको भौतिक संरचना सहित पसलमा भएको नगद लगाएत धनमाल नष्ट हुन गएको थियो। खाना पकाउने दुईवटा ग्यास पड्किएर उनको पसल आगलागी हुन गएको थियो। सोमबार नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु इन्चार्ज हेमन्त सी र सेक्रेटरी पावेलको उपस्थितमा पीडित केसीलाई नगद रु १५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको हो। – मनबहादुर सहकारी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार