विमान छुटेपछि बम भएको हल्ला !

२०७९ फाल्गुन ९ गते, मंगलवार


काठमाडौं । भारतको हैदरावादबाट चेन्नई जाँदै गरेको विमानमा बम भएको सूचना पाएपछि आतंक मच्चियो र विमानलाई आकस्मिक अवतरण गर्नुपर्यो । लखनउ विमानस्थलमा अवतरण गरेपछि फ्लाइट जाँच गर्दा त्यो खबर झुटो सावित भयो । हैदरावादबाट सूचना दिनेलाई पक्राउ गरियो । त्यसपछि थाहा भयो कि ती व्यक्तिको फ्लाइट छुटेको थियो, जसकारण उनले विमानभित्र बम भएको हल्ला फैलाएका थिए ।
यसैगरी, सोमबार दिल्लीबाट देवघर जाँदै गरेको ६ई ६१९१ नम्बरको फ्लाइटमा बम भएको खबर आएको थियो । त्यसपछि विमानलाई लखनउतर्फ मोडियो । अनुसन्धानका क्रममा विमानमा बम फेला परेन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु