बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेचे हदैसम्मको कारबाही !

२०७९ माघ ११ गते, बुधबार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न आग्रह गरेको छ । परिसरले एक सूचना प्रकाशित गरेर बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको हो । अटेर गरी कसैले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा कानुन अनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी पनि प्रहरीले दिएको छ । प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’
असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीको तर्क छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार