राष्ट्र बैंकद्वारा आर्थिकस्थितिको रिपोर्ट सार्वजनिक

२०७९ पुष २९ गते, शुक्रबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको हो। जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । यस्तै आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको बैंकले जनाएको छ ।

यसैबीच,नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालु खाता घाटा करिब रु ३८ अर्ब पुगेको जनाएको छ । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चालु खाता रु ३७ अर्ब ९१ करोडले घाटामा छ । गत आवको समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५ दशमलव तीन प्रतिशतले कमी आई रू तीन अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू ६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रू चार अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रू सात अर्ब सात करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार गत मङ्सिर मसान्तसम्ममा शोधनान्तर स्थिति रू ५ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ९५ अर्बले घाटामा थियो । गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पाँच महिना अवधिमा छ दशमलव तीन प्रतिशतले बढेर मङ्सिर मसान्तसम्ममा रु १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ ।
गत मङ्सिर मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार