मेन्छयायम हाइड्रोपावरबाट विद्युत उत्पादन सुरू

२०७९ पुष १६ गते, शनिबार


काठमाडौं । संखुवासभाको मेन्छयायम हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको छ । चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको यस आयोजनाले विद्युत उत्पादन सुरु गरेको हो । मेन्छयायमबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २ सय २० केभीको सबस्टेसनमा जोडिने भएकाे छ ।सबस्टेसनसम्म ट्रान्समिटर लाइन जोडिइसकेको छ । १ अर्ब रुपैयाँको लागतमा निर्माण भएको आयोजना निर्माण सम्पन्न गर्न ६ वर्ष लागेको जनाइएकाे छ । आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी रहेकाे छ । साेही आयोजना सम्पन्न भएपछि स्थानीय पनि लाभन्वित हुने भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार