भ्रष्ट रणबहादुर शाहीलाई कालोमोसो !

२०७९ पुष ९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल भेरी कर्णाली ब्यूरोले भ्रष्ट ठेकेदार रणबहादुर शाहीलाई कालोमोसो लगाई जनकारवाही गरेको छ ।
युवा संगठन नेपाल भेरी कर्णाली ब्यूरोले भ्रष्ट ठेकेदार,शिक्षक र राजनीतिकर्मी रणबहादुर शाहीले आफु शिक्षण पेशामा आवद्ध भैरहेको अवस्थामा कुशै गाउँपालिकामा निर्माण हुँदै गरेको बैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ साल देखि २०७९ सालसम्म आइपुग्दा करिब २ करौड २१ लाख रुपैयाँ हिनामिना गरि कामलाइ अलपत्र पारेको , समग्र विद्यार्थी र जनताको भबिष्यसंग जोडिएको शैक्षिक सस्थालाइ बेवास्ता गर्दै विद्यार्थीहरुको भबिष्यमाथी खेलवाड गरेको , शिक्षण पेशावाट राजिनामा नदिइ नेपाली काङ्ग्रेस कुशे गाउँ पालिकाको सचिब बनेर सिङ्गो शैक्षिक सस्थालाई अस्तब्यस्त बनाएकोले कारबाही गरिएको जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार