नेकपा काभ्रेले तीन महिने अभियान सञ्चालन गर्ने

२०७९ मंसिर १५ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेले तीन महिने सङ्गठन सुढृढ तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ।पार्टीको राजनीतिक कार्यदिशा , महाधिवेशनद्वारा पारीत प्रस्तावहरु र जनसम्बन्धलाई जिवन्त बनाउने उद्देशले बुधबार सम्पन्न पार्टी जिल्ला कमिटीको प्रथम बिशेष बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा प्रमुख अतिथि तथा पोलिटव्युरो सदस्य आधार सि ले हालै सम्पन्न नवौं महाधिवेशनको भाव र पार्टीले आगामी दिनमा गर्नु पर्ने कामहरुको उचाइबारे प्रशिक्षण मन्तव्य राख्दै – नेपालका हरेक क्रान्ति र आन्दोलनमा काभ्रे जिल्लाको अग्रणी भुमिका रहेको तर जनताका सपनाहरू अझै पुरा हुन नसकेकोले एकीकृत क्रान्तिमा पनि काभ्रेले उच्च भुमिका पुरा गर्ने बिश्वास व्यक्त गरे। मन्तव्यको क्रममा पोलिट व्युरो सदस्य आधार सि ले- नेपाली जनताले विद्यमान व्यवस्थाको विकल्प खोजिरहेको तर संसदवादीहरुले जनतालाई यहि व्यवस्था भित्रै अल्झ्याउन खोजेको र उनिहरुले जतिसुकै अल्झ्याउने प्रयास गरे पनि एक दिन जनताले बैज्ञानिक समाजवादी क्रान्तिको सपना पुरा गरि छाड्ने बताए।अहिलेको निर्वाचनले एकातिर भ्रस्टाचार र महङ्गी थपेको छ भने अर्कातिर चुनावको माध्यमबाट बाह्य हस्ताक्षप बढेर जाने सम्भावना भएकोले जनताहरु सजग रहनु पर्ने उल्लेख्य गरे।
नेकपा काभ्रेको प्रथम बैठकले पार्टीको पोलिट व्युरो सदस्यमा निर्वाचित भएकोमा इन्चार्ज आधार र केन्द्रिय प्रतिनिधि समितीमा निर्वाचित भएकोमा प्रेरक सी लाई दोसल्ला ओढाएर सम्मान गर्दै बधाई दिएको छ।त्यस्तै काभ्रे जिल्लाबाट रसुवा सरुवा हुन लागेका प्रेरक सि लाईऔपचारिक रुपमा विदाइ समेत गरेको छ।पार्टीको केन्द्रिय निति अनुसार काभ्रेमा पनि जनकम्युन खडा गरेकोमा प्रमुख अतिथि आधारले जिल्ला कमिटीलाई बधाई तथा धन्यवाद समेत दिएका छन।
जिल्ला सचीव प्रेरक सी को अध्यक्षतामा भएको बैठकमा रसुवा सेक्रेटरी प्रमोद सि र क्रान्तिकारी विद्यार्थी नेता दयाराम सी को समेत बिशेस उपस्थिती रहेको थियो भने बैठक पछी भएको सम्मान तथा विदाई कार्यक्रमको सञ्चालन दयाराम सीले गरेको कुरा नेकपा काभ्रेका एक जिल्ला नेताले जानकारी दिएका छन।

प्रतिक्रियाहरु