जिप दुर्घटना, ५ जनाको मृत्यु

२०७९ मंसिर ७ गते, बुधबार


काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भाएको हो । दुर्घटनामा परी सत्यवती गाउँपालिका–३ का ५१ वर्षीय झलक सोमै, ५५ वर्षीया टीका राहडी, ४७ वर्षीय रनबहादुर सिंजापती, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीया जमुना सोमै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
जिप दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका कार्बोलिन सोमै, चेतमान सिंजाली, गीरबहादुर राहडी र खण्डन सोमै हुनुहुन्छ । दुर्घटना भएको जानकारी पाएपछि स्थानीयले उद्धार गरेका थिए । घाइतेलाई अहिले उपचारका लागि पाल्पातर्फ लगिँदै छ । घटनाको जानकारी पाएपछि रिडी र जोहाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । गए राति २ः३० बजेको समयमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार