निर्वाचनको बिरोध गर्दै पिकनिकमा व्यस्त

२०७९ मंसिर ५ गते, सोमबार


काठमाडौँ । आइतबार सम्पन्न चुनाव विरुद्ध बिरोध र असन्तुष्टि प्रकट गर्ने क्रमश ललितपुर कञ्जोश्म वार्ड न ५ भारदेउका ५० घरपरिवारले भोट नहालेर पिकनिक गर्दै चुनाव बहिष्कारको नयाँ तरिका अपनाएका छ्न। संसदिय चुनाव प्रति जनताको आशा र भरोसा कमजोर हुदै गएको बेला भारदेउ बासीहरुले आफ्नो विरोधलाई मतदान नगरी पिकनिक मनाएर प्रकट गरेका हुन।
“देशभरी खसेको मत परिणाम हेर्दा समेत पहिले पहेले भन्दा कम मात्रै मत खसेको स्थितमा भारदेउ बासीहरुले पनि मत हालेनन, चुनाव हाम्रा लागि कुनै मतलबको विषय लागेन, त्यसैले हामीले बहिष्कार पनि गर्यौ र पिकनिक मनायौ”- एक स्थानीयले भने।
मुलुकमा गणतन्त्र स्थापनापछि संसदिय र स्थानीय तहको निर्वाचन दुइ दुइ पटक भैसकेको छ।तर जनतालाई गरिएका प्रतिबद्धताहरु पुरा भएनन् ।अहिले त एमसिसिलाई कार्यान्वयन गर्ने र चिन विरुद्धको अमेरिकी योजनालाई लागु गर्न नेपालमा वातावरण बनाउनु यो चुनावको मुख्य उदेश हो भनेर विश्लेषण भैरहेको बेला मतादाताहरु पार्टी र नेताहरु सङ्ग अपेक्षा नै गर्न छोडेको देखिन्छ।कुनै नया हुन्छ भन्ने भरोसा नै गर्न सकिन्न ।यस्तो बेला देश भरी चुनाव विरुद्ध विभिन्न ढङ्गले बिरोध भएको छ।कतिपय ठाउमा निकै कम मात्र भोट खसेको देखिन्छ ।निर्वाचन आयोग र पर्यवेक्षण गरिरहेका स्वतन्त्र संस्थाहरुले समेत आकलन भन्दा कम मतदान भएको प्रतिक्रिया दिएका छ्न।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार