चुनावविरुद्ध दौड जुलुस !

२०७९ मंसिर २ गते, शुक्रबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ४ गते हुन लागेको संसदिय चुनाव जनविरोधी र एमसिसि मार्फत नेपाललाई भुराजनितिक जटिलता तर्फ फसाउन दलाल प्रतिनिधि तयार पार्ने उदेश्यले हुन लागेकोले यो चुनावको बहिष्कार / खारेज गर्नु पर्ने कार्यनीति लिएको भन्दै काठमाडौमा डौड जुलुससहित मशाल जुलुस गरेको छ। चुनावको जनविरोधी चरित्र प्रष्ट पार्न विभिन्न प्रचारात्मक काम गरिरहेको नेपाल कम्युनिस्ट पार्टीलेले बिहिवार काठमाडौका विभिन्न स्थानहरूमा दौड जुलुस सहित मशाल जुलुसको कार्यक्रम गरेको हो।
काठमाडौ महानगरको ठहिटी चोक देखि असन सम्म नारा जुलुस गर्दै दौड जुलुस गरिएको नेकपा नेता राज काफ्लेले जानकारी दिए। यता , नागार्जुन नगरपालिका र चन्द्रागिरिको थानकोटमा युवा संगठन नेपालका जिल्ला अध्यक्ष छेवे शेर्पा सहितको उपस्तिथिमा मशाल जुलुस गरिएको कुरा हिरा लामाले बताएका छ्न । दलाल संसदिय व्यवस्था मुर्दावाद- एमसिसि चाहिदैन, तथाकथित चुनाव खारेज गरौ जस्ता नारा लगाउदै काठमाण्डौका अन्य विभिन्न एरियाहरुमा समेत चुनावको विरोध स्वरुप मशाल जुलुस गरिएको बुझिएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु