नवनिर्बाचित वडा सदस्यद्वारा भोट नदिएको भन्दै स्थानीयलाई कुटपिट !

२०७९ जेष्ठ ६ गते, शुक्रबार


काठमाडौं । अछामको मङ्गलसेन नगरपालिका वडा न १ कुन्तिवण्डलीमा नेकपा एमालेबाट निर्बाचित वडा सदस्य सिद्ध थापाले स्थानीय तहको निर्वाचनमा आफू र आफ्नो पार्टीलाई भोट नदिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य एकेन्द्रनाथमाथी साङ्घातिक हमला गर्दै हातपात गरेका छन । उनको हो हर्कतप्रती नेपाल कम्युनिस्ट पार्टी अछामले एक प्रेस बिज्ञपति जारी गर्दै दोषी उपर कानुनी कारबाहीको माग गरेको छ। कसलाई भोट दिने र कसलाई नदिने भन्ने कुरा नागरिकको वैयक्तिक र मानविय अधिकार हो । आफ्नो पार्टी र आफुलाई भोट नदिएकै आधारमा यसरी हतपात गर्नु गैर कानुनी र अराजनीतिक क्रियाकलाप भयको भन्दै कानुनी कारबाही गर्न जिल्ला सचिव मिना धामी ( सरिता) द्वारा बिहिवार जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।
यसैगरी बुधबार मात्रै मङ्गलसेन नगरपालिकाको वडा न २ मा एमाले सम्बद्ध कार्यकर्ताद्वारा स्थानीय मतदातामाथी ढुङ्गा प्रहार गरि गरिएको हमलाविरुद्ध उनिहरुमाथी जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरिएको छ भने स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको एक टोली समेत केही दिन गाउमै बस्ने गरि खटाइएको समेत बताइएको छ।मङ्गलसेन नगरपालिका नेकपा एमालेका पदम बोहराले जितेको नगरपालिका हो। जेष्ठ ५ गते सदरमुकाम मङ्गलसेनको ढुङ्गानि बजारमा स्थानीय चिया पसलमा बसिरहेका बेला सिद्ध थापा र उनको समुहले आक्रमण गरेका हुन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु