आज विश्व बौद्धिक सम्पत्ति अधिकार दिवस

२०७९ बैशाख १३ गते, मंगलवार

काठमाडौं । आज अप्रिल २६ तारिख अर्थात विश्व बौद्धिक सम्पत्ति अधिकार दिवस । कुनै व्यक्ति वा संस्थाका ज्ञान, सीप, श्रम जस्ता मानिसको बौद्धिकता प्रयोग गरी तयार पारिएका मौलिक सिर्जनालाई बौद्धिक सम्पत्ति भनिन्छ । यस्ता बौद्धिक सम्पत्तिमा साहित्यिक कृति, सङ्गीत, वास्तुकला, चित्रकला, खोजी, प्रतिक, नाम, चलचित्र, डिजाइन लगायतका मौलिक सिर्जनामा पर्छन् ।
बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकार, ट्रेडमार्क, पेटेन्ट आदिद्वारा संरक्षित गरिएको हुन्छ । यस्तो स्वामित्व भौतिक सम्पत्ति जस्तै हुन्छ । प्रत्येक व्यक्ति वा संस्थाले आफ्नो बौद्धिक सम्पत्तिको उपयोग गरेर आम्दानी गर्न सक्छन् । साेही अधिकारका कारण नै मानिसहरू नयाँ खोज र आविष्कार गर्न उत्साहित हुने गरेका छन ।
नेपालमा बौद्धिक सम्पत्ति जगेर्ना गर्न कानूनहरु निर्माण गरिएको भएपनि सर्वसाधारणमा यसको ज्ञान नहुँदा बौद्धिक सम्पत्ति चोरी तथा अनुमति नलिई प्रयोग गर्ने क्रम भने रोकिएको छैन ।

प्रतिक्रियाहरु