संसारको सबैभन्दा ठूलो मुख भएकी महिला !

२०७९ बैशाख ५ गते, सोमबार


काठमाडौँ । अमेरिकाको कनेक्टिकट राज्यको स्ट्यामफोर्ड निवासी ३२ वर्षीयाा समांथा राम्सडेलले आफ्नो मुख सबै भन्दा धेरै ठूलो पारेर खोल्न सक्ने दावी गरेकी छन । उनले आफ्नो मुख ठूलो भएका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम पनि लेखाएकी छिन् । उनी आफ्नो जीवनसँग सम्बन्धित सम्पुर्ण कुराहरूलाई सामाजिक सञ्जाल मार्फत सेयर गर्ने गर्छिन् । उनी आफ्नो मुख यति ठूलो पारेर खोल्छिनकि जसले अरुलाई त्यसको कल्पना गर्न पनि असम्भव छ । त्यसैकारण उनस् सामाजिक संजालमा भाइरल भएकी हुन् । उनी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएर विश्वकै सबैभन्दा ठूलो मुख भएकी महिलाको रुपमा चिनिएकी छिन् । रेकर्डका अनुसार उनको मुख ६ दशमलव ५२ सेन्टीमिटरसम्म खुल्न सक्छ ।
समांथा एक टिकटक स्टार हुन् । उनको टिकटकमा ३० लाख भन्दा बढी फलोअर्स रहेका छन् । गत वर्ष उनको नाम गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको थियो । त्यसैले यो कुरालाई प्रमाणित गर्न गिनीज बुक अफ वर्ल्ड रेकर्डको टोली समांथाको घर अमेरिका पुगेको थियो । त्यस समय गिनिजका आधिकारिक निर्णायक मण्डल पनि त्यहाँ उपस्थित थिए । अन्तर्राष्ट्रिय संचार माध्यमका डाक्टर एलके चेउङले डिजिटल क्यालिपरले समांथाको मुख नापेका थिए । सोहि अबधिमा टोलीले उनले मुख कति खोल्न सक्छिन् भनेर हेरेको थियो ।
बेलायती पत्रिका ‘डेलीमेल’ का अनुसार समांथाले गिनिज बुक अफ रेकर्डको उपाधि प्राप्त गर्नुअघि आफूले कुनैपनि शल्यक्रिया नगरेको प्रमाणित गर्नुपरेको थियो । समांथा आफ्नो मुखले गरेका विभिन्न कलाहरूलाई सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु