रुसका बेहुला जर्मनीकी बेहुलीबीच हिन्दू रीतिअनुसार बिबाह

२०७८ पुष ७ गते, बुधबार


काठमाडौं । एक जर्मन पुरुषले हिन्दू रीतिअनुसार रुसी स्कूलकी शिक्षिकासँग विवाह गरेपछि सामाजिक सञ्जालमा उक्त बिबाहको निकै चर्चा भइरहेको छ । ति जोडीले हिन्दू रीतिअनुसार बिबाहमा गणेश पूजा, हल्दी, सप्तपदी र अन्य अनुष्ठानसमेत गरेका थिए । विवाह गुजरातको हिम्मतनगरमा भएको हो । टाइम्स अफ इन्डियाका अनुसार जर्मनीका क्रिस मुलरले रुसकी स्कूल शिक्षिका जुलिया उख्वाकाटिनासँग विवाह गरेका छन् । जोडीले विवाह समारोहमा ज्येष्ठ नागरिकको खुट्टा छोएर आर्शिवाद लिएका थिए ।
विश्वका लगभग सबै महादेशको यात्रा गरिसकेका मुलरले आफ्नो विवाहको गन्तव्य भारतलाई रोजेका हुन्। सन् २०१९ मा अध्यात्म विज्ञान सिकेपछि यी जोडीले हिन्दू संस्कारअनुसार विवाह गर्ने योजना बनाएका थिए । दुवैले हिन्दु रितिरिवाजअनुसार वैदिक र मन्त्रअनुसार विवाह गरेका हुन् । जर्मनीका क्रिस मुलरका बुबा जर्मनीका ठूला व्यापारी हुन्। उनी आफै जर्मन र सिङ्गापुरको कम्पनीका सीईओ हुन् । मुलरले भियतनाममा रुसी निवासी जुलिया उख्वाकाटिनालाई भेटे। मुलर र जुलिया विगत तीन वर्षदेखि भारतमा बस्दै आएका छन् । मुलर पनि स्प्रिटिओ युजि कम्पनीका सीईओ र संस्थापक हुन्। क्रिस मुलर र जुलिया उख्वाकाटिनाको विवाह डिसेम्बर १९ मा ठूलो धुमधामका साथ भएको थियो । कोभिड महामारीका कारण जारी प्रतिबन्धका कारण उनीहरुका बाबुआमा दुवैले यो विवाहमा सहभागी हुन सकेनन् । उनीहरुलाई भारतीयले नै आर्शिवाद दिएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु