९ करोड बराबरको कोकिनसहित ३ विदेशी पक्राउ

२०७८ भाद्र १४ गते, सोमबार

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले ९ करोड रुपैयाँ बराबरको कोकिनसहित ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । टोलीले दक्षिण अफ्रिकन नागरिक सिर्ले गामालाई २ किलो ९६६ ग्राम कोकिनसहित भदौ ३ गते कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो । गामा भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल आएको अवस्थामा पक्राउ परेकी हुन् । त्यस्तै, गामासँगै कारोबारमा संलग्न आरोपमा भारतको बैंकलोरका विजय सिंहलाई पनि प्रहरीले भदौ ८ गते कमलादीबाटै पक्राउ गरेको थियो ।
ब्युरोको अनुसार कारोबारमा संलग्न तान्जानियाका नागरिक गेरट्रुड लियोनार्ड किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ गरिएको छ । बरामद कोकिनको मूल्य ९ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ । त्यस्तै, संलग्न व्यक्तिमाथि १५ देखि जन्म कैद र २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार