काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा

२०७८ श्रावण १० गते, आईतवार


काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप गरेको छ । साउन १ गतेबाट जारी निषेधाज्ञा आज आइतबार राति १२ बजे सकिँनै लाग्दा निषेधाज्ञालाई पुनः निरन्तरता दिइएको हो । भोलिदेखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भीडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन नपाइने भनिएको छ ।
खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी कुनै पनि शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति नदिइने भनिएको छ ।
यसैगरी स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन। निषेधाज्ञामा साबिककै नियमहरु लागू गरिएको छ । उपत्यकामा निषेधाज्ञा लम्ब्याइए पनि निषेधाज्ञा निषेधाज्ञाजस्तो छैन , पूरै खुकुलो छ । सार्वजनिक, निजी सबै सवारी सञ्चालनमा रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार