सरसफाई मजदुर सङ्घद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री

२०७८ असार ४ गते, शुक्रबार


काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई मजदुर सङ्घले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । का. न. पा. १५ वडामा रहेको स्वायम्भू प्रहरी प्रभाग प्रमुख रञ्जित भट्ट र ट्राफिक प्रहरीको सई किसोर नेपालीको उपस्थितिमा सेनेटाईजर र माक्स हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सरसफाई मजदुर सङ्घका अध्यक्ष रामचन्द्र थापामगर सोही सङ्घका उपाध्यक्ष जुना दाहाल महासचिव सिर्जना सिजापति विवेक र सन्तोष तिवारीको उपस्थित रहेको थियो ।
उक्त स्वास्थ्य सामग्री महासङ्घको संयोजक बिनोद थापा र उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक सिसिरको उपस्थितिमा हस्तान्तरण गरेको ई–रातोखबरलाई प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार