पब्जी बनाउने कम्पनीको आइपिओ जारी हुदै

२०७८ असार ३ गते, बिहीबार

काठमाडौं । दक्षिण कोरियाली कम्पनी ‘क्रयाफ्टन इन्क’ ( चर्चित भिडियो गेम ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड्स (पब्जी) निर्माण गर्ने) ले आइपिओ जारी गर्ने भएको छ। आइपिओ मार्फत् करिब ५ दशमवल ६ खर्ब कोरियन वन अर्थात ५ अर्ब अमेरिकी डलर बराबर पुँजी उठाउने क्रयाफ्टनले जनाएको छ। क्रयाफ्टनले दक्षिण कोरियाकै सबैभन्दा ठूलो आइपिओको रुपमा रेकर्ड राख्नेछ। यसअघि सन् २०१० मा सामसुङ लाइफ इन्सुरेन्सले ४ दशमलप ९ खर्ब कोरियन वन अर्थात ४ दशमल ४ अर्ब अमेरिकी डलर बराबरको आइपिओ बेचेको थियो।
नियामकलाई बुझाएको विवरणमा क्रयाफ्टनले प्रतिसेयर ४ लाख ५८ हजारदेखि ५ लाख ५७ हजार कोरियन वनको रेन्जमा १ करोड सेयर जारी गर्ने जनाएको छ। उक्त रेन्जको माथिल्लो भाउमा सेयर बिक्री भएमा क्रयाफ्टन दक्षिण कोरियाकै सबैभन्दा ठूलो लिस्टिङ बन्नेछ। यद्यपी, आइपिओको भाउ आगामी साता मात्र निर्धारण गर्ने र लिस्टिङ भने जुलाईमा गर्ने योजना रहेको छ।
क्रयाफ्टनको अनलाइन मल्टिप्लेयर गेम ‘पब्जी’ २ करोड ५० लाख प्रतिभन्दा धेरै बिक्री भइसकेको छ। सन् २०१७ मा सार्वजनिक भएयता पब्जी सर्वाधिक छिटो बिक्री भएको गेम मध्ये एक हो। – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु