दोलखा भीमसेनको शिलामा पसिना आयो !

२०७८ बैशाख २५ गते, शनिबार


काठमाडौं । आज मध्यान्ह पौने १२ बजेदेखि दोलखा स्थित प्रसिद्ध भिमेस्वर मन्दिरको शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज भीमसेनको शिलाको दाँयाबाट पसिना आएको छ । भिमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका छन् । भिमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सवै प्रकारका बाजाहरु बजाईन्छ । पसिना आएको खवर सार्वजनिक हुना साथ ठूलो सँख्यामा धर्शनार्थी मन्दिर परिसरमा पुगेका छन् ।
शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिक रुपले दिने गरिन्छ । भिमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताईन्छ । शिलाको सवै भागवाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ ।
यसअघि २०७७ साल मंसिर ९ गते पनि भीमसेनको शिलामा पसिना आएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु