प्रहरी रिर्पोट परराष्ट्र मन्त्रालयबाट प्रमाणिकरण हुने

२०७७ फाल्गुन १७ गते, सोमबार


काठमाडौं । प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान चालचलन शाखाले अनलाइन मार्फत् उपलब्ध गराउने प्रहरी रिर्पोट (Police Clearance Report) अब पराष्ट्र मन्त्रालयबाटै प्रमाणिकरण हुने भएको छ । प्रहरीद्धारा आइतबार जारी सूचना अनुसार निवदेश व्यक्ति स्वयम्ले A4 साइजको स्तरीय कायजमा रंगिन प्रिन्ट गरी पेस गरेमा परराष्ट्र मन्त्रालयबाटै प्रमाणिकरण गरिने व्यवस्था रहेको छ ।
प्रहरीका अनुसार फागुन १६ गते देखि अनलाइन मार्फत् प्रहरी रिर्पोट (Police Clearance Report Certificate) लाई रंगिन प्रिन्ट गरी प्रमाणिकरणका लागि परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा सिधै पेश गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु