‘फिल्टरलाई विना सर्त रिहा गर’

२०७७ फाल्गुन १५ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट गिरफ्तार भएका सो पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन ‘फिल्टर’लाई विनासर्त रिहा गर्न माग गरेको छ । नेकपाका धौलागिरी ब्युरो इन्चार्ज राजनले एक वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज ‘फिल्टर’लाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष हुने चेतावनीसमेत दिएका छन् । वक्तव्यमा फिल्टरलाई विनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाइएको छ ।
नेकपा र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ पर्नुले वार्ताको वातावरण थप बिग्रन सक्ने देखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु