२३ राजनीतिक संगठनव्दारा भारतमा हुने प्रस्तावित मन्त्री स्तरीय बैठकलाई सुझाव

२०७७ माघ १ गते, बिहीबार

काठमाडौँ । केपी ओलीले संसद विघटन गरेपछि परराष्ट्र मन्त्रीले आजदेखि भारतको गर्दैछन् । यससम्वन्धमा भारत भ्रमणका दौरानमा प्रस्तावित मन्त्री स्तरीय बैठकमा उठाउने र पारित गर्ने विषयलाई सुझावसहीत २३ राजनीतिक संगठनहरुको कार्यगत एकताका तर्फबाट सी पी गज’रेलले एक वक्तव्य जारी गरेका छन । जसको पूर्णपाठ यस प्रकार रहेको छ – “केहि महत्वपूर्ण राजनीतिक घटनाक्रमका विषयमा २३ राजनीतिक संगठनहरुको कार्यगत एकताका तर्फबाट यो वक्तव्य जारि गरिएको छ ।
१ प्रधान मन्त्री केपी शर्मा ओलीले सरकारी निवासमा आमन्त्रित गरेर गत पौष २७ गते लामो अन्तर्वार्ता दिएको भारतको जी न्यूज च्यानलका सम्पादकले हाम्रो देशको कालापत्थरमा गएर सगरमाथालाई पृष्ठ भागमा देखिने गरी खिचाएको फोटो समेत प्रदर्शन गर्दै नेपालको सार्वभौमिकता माथि नै आँच आउने गरी सर्वोच्च शिखर एभरेष्टमाथि भारतले दावी गर्नु पर्छ भन्ने जुन अभिव्यक्ति दिएका छन्, त्यसको हामी घोर भत्र्सना गर्दछौं । हाम्रो राष्ट्रको यस किसिमबाट अपमानित गर्ने व्यक्तिलाई उपयुक्त कारवाही चलाउन परराष्ट्र मन्त्रालय मार्फत पहल गर्ने काम अविलम्ब अघि बढाउन यो सरकार सँग जोडदार माग गर्दछौं ।
२. परराष्ट्र मन्त्रीको आसन्न भारत भ्रमणका दौरानमा प्रस्तावित मन्त्री स्तरीय बैठकमा निम्न लिखित विषयलाई महत्वका साथ उठाउने र पारित गर्ने सुझाव दिन चाहन्छौं ः
(क) भारत सरकारले आफ्नो नक्शामा राखेको हाम्रो देशको भू–भाग लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रलाई नेपालले आफ्नो नक्शामा सामेल गराउने महत्वपूर्ण काम गरेको छ । तर भारतले त्यो क्षेत्र अहिलेसम्म छाडेको छैन । अविलम्ब उक्त भू–भाग छोड्न लगाउनका साथै कालापानीबाट भारतीय सेना हटाउने काम गरियोस् ।
(ख) नेपाल र भारतका वीचमा भएको ‘ १९५० को असमान सन्धी खारेज गराउने प्रस्ताव प्रस्तुत गरेर निर्णय स्तरमा लगियोस् ।
(ग) कोभिड् १९ को खोपबारे सबै विषय टुंग्याएर आवश्यक मात्रामा भारतबाट खोप ल्याउने व्यवस्था गरियोस् ।
(घ) सुस्ता, महेशपुर लगायतका भारतव्दारा मिचिएका नेपाली भूभाग फिर्ता गर्ने व्यवस्था गरियोस् ।
(ड) नेपाल भारत प्रवद्ध व्यक्ती समह ९ल्भउब िक्ष्लमष्ब उचयmष्लभलत उभचकयलक नचयगउ० व्दारा नेपाल र भारतका वीचमा गरिएको १९५० को सन्धीको विषयमा तयार पारिएको स’झावलाई भारतीय प्रधान मन्त्रीव्दारा ग्रहण गर्ने तथा त्यसलाई कार्याण्वयान गर्ने व्यवस्था गरियोस् ।
कार्यगत एकतामा सम्मिलित २३ राजनीतिक संगठनहरु
१.नेकपा(मशाल) २.नेकपा(क्रान्तिकारी माओवादी) ३.नेकपा(माले) ४.राष्ट्रिय जनमोर्चा, नेपाल ५.देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६.नेपाल कम्युनिष्ट पार्टी, ७.नेकपा(माओवादी केन्द्र), ८. नेकपा(माओवादी केन्द्र), ९राष्ट्रिय जागरण मंच १०.जन समाजवादी पार्टी ११.नेकपा(संयुक्त) १२.राष्ट्रिय जागरण परिषद, नेपाल १३.वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी १४.नेकपा(बोल्शेविक), १५.राष्ट्रवादी केन्द्र, नेपाल १६.एम् सी सी खारेज अभियान, १७.पुष्पलाल अध्ययन समाज, १८.सर्वहारा कम्युनिष्ट पार्टी(माओवादी) १९.माक्र्सवादी एकता अभियान, २०.नेकपा(माक्र्सवादी), २१.नेकपा माक्र्सवादी(पुष्पलाल) २२. ने क पा (माओवादी) र २३.समाजवादी राष्ट्रिय मंच, नेपाल ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार