जाडो याममा फाइबरयुक्त खाना उपयुक्त

२०७७ पुष २७ गते, सोमबार

काठमाडौँ । जाडोमा स्वास्थ्य रहनका लागि फाइबरयुक्त खाना खानु उपयुक्त भएको स्वास्थ्यविज्ञको सुझाब रहेको छ । स्वास्थ्य विज्ञका अनुसार फाइवरयुक्त खानाले शरीरमा धेरै फाइदा पुर्याउनुका साथै मोटोपन तथा सुगर घटाउन, हृदयघातबाट बचाउन, कब्जियत हुन नदिन तथा क्यान्सरको जोखिम कम गर्न सहयोग पु¥याउँदछ । चिसोको मौसममा शरीरमा चाहिने आवश्यक पोषक तत्व नमिल्दा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिन्छन् । चिसो अन्य समयभन्दा चिसो मौसममा बढी फाइबर युक्त खानाको आवश्यकता पर्दछ । फाइबर हरियो तरकारी, साग, फलपूmल लगायतमा पाइन्छ ।

त्यसैगरी फाइबरयुक्त खाना खाँदा शरीरको तौल घटाउन सहयोग गर्दछ । फाइबर युक्त खाना खाँदा लामो समय भोक नलाग्ने र चाहिनेभन्दा बढी खानबाट बच्न सक्तछौं । यसले मोटोपन बढ्नबाट बचाउँछ । फाइवरयुक्त खाना मुटुको लागि पनि फाइदाजनक हुने स्वास्थ्यविज्ञ बताउँछन् । यदि तपाइको शरीरमा कोलेस्ट्रोलको मात्रा बढी छ भने यसले हृदयघातको खतरा बढाउँछ । साथै अन्य समस्याहरु पनि देखा पर्दछन् । यदि तपाइको दैनिक खानामा फाइबरयुक्त खाना समावेश गर्नु भयो भने यसले कोलेस्ट्रोल नियन्त्रण हुने तथा मुटुलार्ई स्वस्थ्य र बलियो राख्ने पनि स्वास्थ्यविज्ञ बताउँछन् । फाइबरयुक्त खाना खानाले उच्च रक्तचाप तथा सुगर नियन्त्रणमा पनि सहयोग पुर्याउँदछ । साथै यसले कब्जियतको समस्या हुनेहरुका लागि पनि राहत पुर्याउँदछ । स्वास्थ्यविज्ञका अनुसार फाइबरले हाम्रो शरीरमा ब्रशको रुपमा कामगर्दछ । त्यस्तै फाइबर युक्त खाना खानाले कोलोरेक्टल क्यान्सरको जोखिम समेत कम गर्दछ । फाइवरयुक्त खानामा एन्टिअक्सिडेन्ट भरपुर हुने हुनाले ३० देखि ४० प्रतिशत क्यान्सरको जोखिम कमगर्ने बताइन्छ ।

हरियो पत्तेदार र रेशादार खानेकुरा तथा सोँफ, ज्वानो, भुटेको जिरा, चोकरयुक्त आँटा, अंजीर, भुटेको सेतो तिल राजमा तथा विभिन्न प्रकारका दाल, फलपूmलमा बोक्रासहितको स्याउ, नासपाती, अम्बा, लगायत । तरकारीमा मुला, बन्दागोभी, हरियो मटर तथा ब्राउन ब्रेड, गहुँबाट बनेको पास्ता वा रोटी, ब्राउन राइस, ओट्स, हरियो मकै, लगायतका खाद्यवस्तुमा फाइबरको मात्रा बढी पाइन्छ ।

प्रतिक्रियाहरु