तातोपानी नाका पुनः बन्द

२०७७ पुष २४ गते, शुक्रबार


काठमाडौं । नेपाल-चीन बीचको तातोपानी नाका केही समयको लागि पुनः बन्द हुने भएको छ । भोटेकोशी बाढीले क्षती पुर्‍याएको मितेरी पुल मर्मत गर्नको लागि नाका पुनः बन्द गर्न लागिएको हो । गत वर्खाको भोटेकोसी बाढीले पुलको जगमा क्षती पुगेकोले आगामी जनावरी २० बाट करिब २० दिनको लागि चीनिया पक्षले नाका बन्द गर्न लागेको हो । भूकम्पपछि अस्थिर रहेको यो नाका हाल सञ्चालना आइरहेको भएपनि पुल मर्मत नगरे जुनसुकै बेला दुर्घटना हुनसक्ने भयका कारण चीनिँया पक्षले नाका बन्द गरेर पुल मर्मत गर्न लागेको हो ।
पुल मर्मतको लागि जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको हो । बाढीले मितेरी पुल जगको दायाँबायाँ क्षति पुर्‍याएकाले मर्मतका लागि नाका बन्द गरिने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गरेको छ । तर नेपाल तर्फको तातोपानी भन्सार कार्यालयले भने यस विषयमा आफुलाई आधीकारीक जानकारी नआएको बताएको छ । भन्सार कार्यालयका प्रमुख लालबाहादुर खत्रीले दुई देशबीचको सीमाक्षेत्र भएकाले छलफल गरेर मात्रै मर्मत गर्नुपर्ने बताएका छन् ।
लामोे समयदेखि चीनिँया क्षेत्रमा थन्कीएर बसेका नेपाली व्यापारीको सामान नेपाल पठाइसकेर पुल मर्मत गर्ने योजना अनुसार चीनिँया सरकारले आगामी जनावरी २० बाट पुल मर्मत गर्ने भएको हो । पुल निर्माण गरेको चीनको तियान सुन रोड एन्ड ब्रिज कम्पनीले नै पुलको मर्मत समेत गर्ने भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार