सुनको मूल्य घट्यो

२०७७ पुष २३ गते, बिहीबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा रु एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा रु ९६ हजार २०० मा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु एक हजार ३०० ले घटेको छ । यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार