८ सय वर्षपछि पृथ्वीको नजिकै बृहस्पति र शनि

२०७७ पुष ६ गते, सोमबार


काठमाडौं । खगोलविदहरुका अनुसार आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिनेछन् । ८ सय वर्षपछि हुन लागेको यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आँखाले समेत हेर्न मिल्ने खगोलविदहरुले जनाएका छन् ।
आज सूर्यास्तपछि दक्षिणतिरको आकाशमा बृहस्पति र शनिलाई मुलुकका जुनसुकै ठाउँबाट देख्न सकिने उनीहरुको भनाइ छ । यस्तो घटना हरेक साढे १९ वर्षको अन्तरालमा हुने भए पनि आजको यो संयोग अझ बढी दुर्लभ भएको उनीहरुको दाबी छ । किनकी अरुबेला पृथ्वीबाट सामान्य अवस्थामा यो देख्न सकिँदैनथ्यो । तर अहिले यी दुई ग्रह पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा रहने हुँदा सहजै अवलोकन गर्न सकिनेछ ।
सन् १६२३ मा पनि बृहस्पति र शनि यस्तै नजिकको दूरीमा आएका थिए । तर त्यतीबेला भने पृथ्वीबाट हेर्न मिल्ने अवस्था थिएन । अब यस्तो घटना कम्तिमा ६० बर्षसम्म नहुने र सन् २०८० अगाडि यस्तो संयोजन हेर्न नपाइने नासाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पत्रकारलाई मृ’त्युदण्ड !

२०७७ मंसिर २८ गते, आईतवार

मनपर्ने खानाको नाम सुने पछि…

२०७७ कार्तिक २६ गते, बुधबार