कञ्चनपुर मालपोत : आर्थिक लेनदेनका आधारमा काम गर्ने गरेको सेवाग्राहीले आरोप

२०७७ मंसिर १८ गते, बिहीबार


काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय कञ्चनपुरका कर्मचारीहरुले कार्यालय बाहिर रहेका लेखनदासहरुसँग मिलेर आर्थिक लेनदेनका आधारमा काम गर्ने गरेको सेवाग्राहीले आरोप लगाएका छन् । उनीहरुले प्रक्रियागत ढङ्गले लाइनमा बसेका सेवाग्राहीको हप्तौंसम्म काम नहुने गरेको बताउँदै कमिसन दिनेहरुले भने कार्यकक्षमै गएर काम गर्ने गरेको आरोप लगाएका हुन् ।
कर्मचारीहरुले आफूलाई भित्र जान नदिए पनि केहि व्यक्तिहरुलाई कार्यकक्षमै बोलाएर काम गर्ने गरेको कञ्चनपुरको बेदकोट नगरपालिका ७ का समिर मल्लले बताए । उता कार्यालय प्रमुख खेमराज खत्री भने कुनै किसिमको आर्थिक लेनदेनमा काम नभएको दावी गर्छन । उनले सेवाग्राहीको चापको अनुपातमा कर्मचारीको संख्या कम रहेकाले एकैदिनमा सबैको काम गर्न नसकिएको स्वीकार गर्दै प्रक्रिया पुगेको फाइल दुई दिनभन्दा बढी अड्कीएको पाइए कर्मचारीलाई कारवाही गर्न आफू तयार रहेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार