बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न माग

२०७७ भाद्र २८ गते, आईतवार

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले निषेधाज्ञा तथा बन्दाबन्दी अवधीभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज ज्ञापन पत्र बुझाउदै महासंघले लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय निकै ठूलो समस्यामा परेको भन्दै उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा गर्न पहल गरिदिन गरेको हो । भेटमा देउवाको कोरोनाका कारण समस्यामा परेका ब्यापारीहरुलाई सहुलियत दिने विषयमा आफुले सरकारसँग कुरा गर्ने आश्वासन दिएका छन । उनले उद्योग ब्यवसाय क्षेत्रमा कोरोनाले पारेको असर न्युनिकरणमा सरकार गम्भिर नदेखिएको समेत बताए ।
महासंघले बैंकको मात्रै नभइ सहकारी संस्थाहरुबाट व्यवसायीहरुले लिएको ऋणको ब्याजसमेत सरकारले मिनाहा गरिदिनु पर्ने माग अघि सारेको छ । पाँच प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई बिना धितो सहलियत ऋण दिनु पर्ने, केरुङ नाकामा रोकिएका कन्टेनरहरु छुटाउन पहल गर्नुपर्ने र साना तथा मझौला उद्योगी व्यवसायीहरुसमेतको सहभागितामा समन्वय समिति गठन हुनु पर्ने लगायतका मागहरु महासंघले अघि सारेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार