अखिल (क्रान्तिकारी)द्वारा रक्तदान

२०७७ भाद्र २८ गते, आईतवार

काठमाडौँ । अखिल (क्रान्तिकारी) उपत्यका विशेष समन्वय समितिको आयोजनामा काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी कोरोना संकटको सन्दर्भमा रगतको अभाब भै रहेको समय नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रिय अध्यक्ष , महासचिब , कोषाध्यक्ष र उपत्यका विशेष समन्वय समितिका संयोजकलगायत १५ जना ले रक्तदान गरेका हुन् । सो अबसरमा उनीहरुले ब्लड बैंकमा रगतको अभाव हुँदा आवश्यक भएको बेला सङ्गठनद्वारा रक्तदान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
विश्वव्यापी रुपमा कोरोना सङ्कट गहिरिदै गएपछि अस्पतालहरुमा रगतको समस्या रहेको बेला अखिल (क्रान्तिकारी) ले एक कार्यक्रमको आयोजना गरी रक्तदान सम्पन्न गरेको हो ।

प्रतिक्रियाहरु