स्यानिटाइजरमा विषाक्त रसायन : औषधि विभागद्वारा कारवाही

२०७७ भाद्र २७ गते, शनिबार

काठमाडौं । औषधि व्यवस्था विभागले ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कार्वाही गरेको छ । ती उद्योगले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको विभागले जनाएको छ । सार्वजनिक सूचना निकालेरै विभागले मापदण्ड पूरा नगरेका ५ उद्योगका स्यानिटाइजर प्रयोग नगर्न आम सर्वसाधारणसँग अपील गरेको छ । स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल भेटिएको भन्दै ती स्यानिटाइजर बिक्रीमा रोक लगाएको सूचनामा उल्लेख छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका चार र भक्तपुरको एउटा गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको पाइएको हो । विषाक्त रसायन प्रयोग गरी स्यानिटाइजर बनाउनेमा भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाडौंको हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल छन् ।
यसैगरी, काठमाडौंकै आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार