हलिउड स्टार टम क्रुज बाइकका सौखिन !

२०७७ भाद्र २२ गते, सोमबार

काठमाडौं । अन्तरिक्षमा फिल्म सुटिङको तयारी गरिरहेका हलिउड स्टार टम क्रुज बाइकका सौखिनका साथै साहसिक खेलमा पनि सौखिन छन् । उनले अन्तरिक्षमा फिल्म सुटिङ गर्ने कुरा नासाले पुष्टि गरिसकेको छ । तर केही दिन अघि उनी आगामी फिल्म ‘मिसन इम्पोसिबल ७’ को छायांकनका क्रममा बाइक स्टन्ट गर्दा घाइते भए । स्टन्ट गर्ने क्रममा बाइकमा आगो नै लाग्यो । यद्यपी, उनी बाइक क्रेजी भन्ने पक्कै पनि हुन । किनकी उनका अधिकांश फिल्म बाइक स्टन्ट गरेका दृश्यहरु प्रशस्त देख्न पाइन्छ । ५५ वर्षीय टम रियल स्टन्ट दिने कलाकारका रुपमा पनि चिनिन्छन् ।
क्रुजले १० वर्षको उमेर देखि बाइक चलाउन थालेका थिए । उनीसँग १० कम्पनीका बाइकहरुको संग्रह रहेको छ । उनले पहिलो फिल्म टप गनमा कावासाकी निन्जा जीपीजेड९००आर चलाएका थिए । टप गनको सेकेन्ड भागमा उनले कावासाकीको निन्जा एच २ चलाएका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु