नेपालीकोे ऋणभार : प्रतिव्यक्ति ४७ ,२२५ रुपैयाँ !

२०७७ श्रावण २४ गते, शनिबार

काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा १४ खर्ब १८ अर्ब रुपैयाँ ऋण पुगेको छ । यस अवधिमा कुल ऋणको ५३ प्रतिशत अर्थात् आठ खर्ब पाँच अर्ब वैदेशिक ऋण छ भने छ खर्ब १३ अर्ब अर्थात् कुल ऋणको ४७ प्रतिशत आन्तरिक ऋण छ ।
केन्द्रीय तथ्यांक विभागकाअनुसार शनिबारसम्म नेपालको जनसंख्या तीन करोड ४५ हजार ३४२ रहेको छ । यो तथ्यांकलाई आधार मान्दा एकजनाको भागमा कुल ऋण दायित्व ४७ हजार २२५ प्रतिव्यक्ति हुन आउँछ ।
महालेखापरीक्षकको ५७औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/०७६ को अन्तिमसम्म नेपालीको प्रतिव्यक्ति ऋण ३५ हजार ३२१ रुपैयाँ थियो । २०७७ साउनसम्म आइपुग्दा नेपालीको प्रतिव्यक्ति ऋण ११ हजार ९०४ रुपैयाँ थप भइ ४७ हजार ९०४ रुपैयाँ प्रतिव्यक्ति पुगेको हो ।महालेखाको प्रतिवेदनले आर्थिक वर्ष २०७५/०७६ को अन्तिममा १० खर्ब ४८ अर्ब कुल ऋण दायित्व पुगेको उल्लेख गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को तुलनामा सरकारी ऋण दायित्व १४.५१ प्रतिशत अर्थात् एक खर्ब ४२ अर्बले सरकारको ऋण दायित्व बढेको हो । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा आइपुग्दा यो ऋण ३५ प्रतिशतले अर्थात् तीन खर्ब ७० अर्बले ऋण बढेको छ । नेपालमा हालसम्म वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशत छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार