युवकसितको भिडियो ‘भाइरल’ भएपछि दुई युवतीको हत्या !

२०७७ जेष्ठ ५ गते, सोमबार

काठमाडौं, ५ जेठ । सामाजिक सञ्जालमा एउटा भिडियो ‘भाइरल’ भएपछि दुई युवतीको हत्या गरिएको छ । भिडियोमा एक युवकसँग ती युवतीहरु देखिएका थिए । पाकिस्तानको दक्षिण–पूर्वी बजिरिस्तानको एक गाउँमा रहेका दुई युवतीहरुको हत्या गरिएको हो । गत वर्ष खिचिएको उक्त भिडियो हालै सार्वजनिक भएपछि उनीहरुको हत्या गरिएको हो । हत्या अभियोगमा एक बुवा र अर्कीकी भाइलाई पक्राउ गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई परिवारकै सदस्यले हत्या गरेको देखिएको त्यहाँको प्रहरीले जनाएको छ । भिडियोमा एक युवकसँग तीनजना युवती देखिएका थिए । भिडियो भाइरल भएपछि समाजमा इज्जत गएको भन्दै हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यो हत्याकान्डलाई पाकिस्तानमा ‘अर्नर किलिङ’को संज्ञा दिइएको छ । अर्नर किलिङमा समाजमा इज्जत फालेको भन्दै परिवारजनले नै हत्या गर्ने गरेका छन् । पाकिस्तानमा वर्षेनि अर्नर किलिङका कारण दर्जनौं महिलाहरुको ज्यान जाने गरेको छ । हत्या गरिएका युवतीहरुको उमेर १६ र १८ रहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु