सुनको मूल्य घट्यो

२०७६ कार्तिक ५ गते, मंगलवार

काठमाडौँ , ५ कार्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा २००रुपैयाँले घटेको बताएको छ । महासंघले सोमबार प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले घटेर ७० हजार २ सय रुपैयाँले कारोबार भइरहेको जनाएको छ ।
त्यस्तैगरी तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबारको तुलनामा मंगलबार नेपाली बजारमा सुन २ सय रुपैयाँले घटेको हो । चाँदी भने आज पनि स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु