पटाकासहित दुई युवक पक्राउ

२०७६ आश्विन १३ गते, सोमबार

काठमाडौं, १३ असोज । इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटाकासहित दुई जनालाई पक्राउ गरेको छ । टोलीले ३५० प्याकेट पटाकासहित सिरहाको सुखिपुर नगरपालिका ९ निवासी २६ वर्षीय सुभाष यादव र सोही ठाउँका २७ वर्षीय सविर खानलाई पक्राउ गरेको हो । भारतीय बजार लदनियाबाट स ६ प ६४७४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई रोकेर चेकजाँच गर्दा ३५० प्याकेट नागीन पटाका बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु