नेकपाको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

२०७६ जेष्ठ ५ गते, आईतवार

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी( नेकपा)को पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजनका लागि बोलाइएको सचिवालयको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पोलिट्व्यूरो सदस्यको नामावली नटुंगिएको र कार्यविभाजनमा शीर्षनेताहरुबीच विमति हुँदा बैठक स्थगित भएको बताइएको छ । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले आज बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् । अध्यक्ष ओलीले गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेको जानकारी दिइएको छ । यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । सो बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल भएपनि आज निर्णय गर्ने भन्दै बैठक बोलाइएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु