माल्कोट पुगेका प्रकाण्डलाई भब्य स्वागत

२०७५ मंसिर २३ गते, आईतवार

काठमाडौं , २३ मंसिर । कालिकोटको नरहरिनाथ गाउँपालिका वार्ड ६ माल्कोट पुगेका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डलाई स्थानीयले गाजाबाजा सहित भब्य स्वागत एवम् अभिनन्दन गरेका छन । लामो समयको हिरासत बसाइँपछि पहिलो पटक अाफ्नो गाउँ पुगेका प्रवक्ता प्रकाण्डलाई देखेपछि स्थानीय भाबुक बन्दै अँकमाल गरेका थिए । वर्तमान सरकार प्रति अाक्रोसित नारा लगाउदै माल्कोटबासिले सँसदिय व्यवस्था खारेज गर वैज्ञानिक समाजबाद लागु गर भन्दै गाँजाबाजा सहित स्वागत गरेका थिए । स्वागतपछि स्थानीयलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले शहिदका सपना बेचेर खानेहरुका विरुद्ध एकपटक फेरि सर्घष सहित तपाईंहरूको साथ चाहिएको भन्दै जनतालाई अन्तिम क्रान्तिको लागि साथ दिन र तयारी अवस्थामा बस्न अनुरोध गरेका थिए ।
प्रवक्ता प्रकाण्डले अाफु ५० दिन लामो हिरासत बसाइँको क्रममा राज्यले २ पटक हत्या गर्ने योजना गराएको भन्दै दलाल सत्ताका विरुद्ध एक पटक शशक्त ढंगले लडाइँ लडनु पर्ने कुरामा जोड दिएका थिए ।
प्रवक्ता प्रकाण्डले अहिले स्थानीय निकायमा भष्ट्रचार बढेको भन्दै भष्ट्रचारीलाई गाउँबाट खेद्नु पर्ने बताए । झण्डै डेढ बर्षपछि माल्कोट पुगेको प्रवक्ता प्रकाण्डलाई देखेपछि कतिपय वृद्ध बुवाअामाहरुले अाशु झार्दै माला र अविर लगाएर स्वागत गरेका थिए । गत मङ्सिर १९ गते कालिकोट जिल्ला सदरमुकाममा अायोजित विशाल जनशभा सकेर प्रवक्ता प्रकाण्ड नेकपाको पहलमा खनिएको खुलालु माल्कोट शहिद मार्गको समेत अवलोकन गर्दै माल्कोट पुगेका थिए ।
कार्यक्रम नेकपाका केन्द्रीय सदस्य एवम् कर्णाली ब्युरो ईन्चार्ज एटम विशि,केन्द्रीय सदस्य अादर्श,कालिकोट जिल्ला ईन्चार्ज समर शाही,क्रान्तिकारी पत्रकार सँगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,शहिद मार्ग निर्माण समितिका अध्यक्ष बल बहादुर बुढा अविचल लगाएतको उपस्थिति रहेको थियो ।
माल्कोट पुगेका प्रवक्ता प्रकाण्ड लगाएतका नेताहरुलाई माल्कोटबासिको तर्फबाट कमल बहादुर बटलाले स्वागत गरेका थिए । नेकपाले अाउदो सोमबार माल्कोटमा जनसभा एवम केन्द्रीय सामानाको साँस्कृतिक प्रस्तुति समेत देखाउने कार्यक्रम छ ।

प्रतिक्रियाहरु