मानवअधिकारवादीद्वारा निर्मला पन्तका हत्यारामाथि कारवाही गर्न माग

२०७५ आश्विन २६ गते, शुक्रबार

काठमाडौं,२६ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाही गर्न दबाब दिने उद्देश्यले विभिन्न मानव अधिकारवादी संघ–संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले बलात्कारी र हत्यारालाई जोगाएर सरकारले कानुनी शासनको खिल्ली उडाएको आरोपसमेत लगाए । उनीहरुले सरकारले सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु