अनलाइन नेटवर्किङ व्यापारको नाममा ठग्ने विदेशी पक्राउ

२०७४ चैत्र १२ गते, सोमबार

काठमाडौं, १२ चैत । अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेन्ट भएको भन्दै ठगी गरेको अनुसन्धानमा खुल्न आएको परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए । शर्मा र राणाले चार/पाँच महिनाअगाडि नेपाल प्रवेश गरेर कम्पनीमा लगानी गरे २० देखि ६० प्रतिशतसम्म फाइदा हुन्छ भन्दै ठगी गरेका थिए । उनीहरुबाट २० जनाभन्दा बढी व्यक्ति ठगिएको अनुसन्धानमा खुल्न आएको प्रवक्ता थापाले बताए । ‘नेपालमा दर्ता नभएको कम्पनीले जति लगानी गर्‍यो, त्यति धेरै नाफा हुने भन्दै पीडितलाई कुनै प्रमाणसम्म नदिएर ठगी गरेको पाइएको छ’–प्रवक्ता थापाले भने । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार