चिनियाँ लगानीकर्ताको चासो

२०७४ मंसिर २८ गते, बिहीबार

काठमाडौं, २८ मंसिर । नेपाली व्यवसायीसँग साझेदारी गरी यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताले रुचि देखाएका छन् । यहाँ लगानी गर्न चासो राख्दै एक वर्षमा चिनियाँ व्यवसायीको चार टोलीले यस क्षेत्रको भ्रमण गरिसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले जानकारी दिएका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर चिनियाँ व्यवसायीले होटल, सिमेन्ट, खाद्यान्न, सौर्य उर्जा र विद्युतीय सामग्री उत्पादनमा लगानी गर्न रुचि राखेको चिनियाँ व्यवसायीसँग छलफलमा सहभागी नेपाली व्यवसायीको भनाइ छ । चीनको औद्योगिक संगठन वान बेल्ट वान रोड इन्टरनेसनल ट्रेड प्लेटफर्म अफ सिआइसी म्युचल ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनीमा आवद्ध व्यवसायी लगायत विभिन्न संस्थाका व्यवसायी सो क्षेत्रको अध्ययन भ्रमण गरी फर्केका हुन् । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु