गुप्तेश्वर गुफाका सहायक पुजारीको मृत्यु

२०७४ मंसिर ४ गते, सोमबार

काठमाण्डौ , ४ मंसिर । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफाका सहायक पुजारीको शंस्कास्पद मृत्यु भएको छ । जलजला गाउँपालिकाको लेकफाँट घर भएका अन्दाजी ५० बर्षीय पुजारी गिरीधारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार शर्माको शव गुफा परिसरमा भेटिएको हो । शर्माको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घिमिरेले अनुसन्धानपछि मात्रै हत्या, आत्महत्या वा स्वाभाविक मृत्युभन्ने बारेमा बताउन सकिने जानकारी दिए । शर्माको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

प्रतिक्रियाहरु