माया नपाएपछि…

२०७४ असार २० गते, मंगलवार

काठमाडौं, २० असार । जब टोक्योका ४५ वर्षीय फिजियोथेरापिस्ट मासायुकी ओजाकीको वैवाहिक जीवनमा पहिलाजस्तो प्रेम र जोश रहेन तब उनले आफ्नो रोमान्टिक लाइफको खालीपन भर्नका लागि अनौठो तरिका अपनाए । मासायुकीले सिलिकनको एउटा सेक्स डल घर ल्याए र अब यही सेक्स डल उनको जीवनको सबैभन्दा महत्वपूर्ण प्रेम बनेको छ। यो लाइफ साइज डमीको नाम मायु हो, जसले मासायुको साथ बेड मात्र शेयर गर्दैनन् मासायुकी उसका साथ नुहाउँछन् पनि ।
मासायुकी भन्छन्, छोराको जन्म भएपछि मेरी श्रीमतीले मसँग सेक्स गर्न अस्वीकार गरिन् । त्यसपछि मलाई निकै एक्लोपन महशुस हुन थाल्यो । तर जसै मैले शोरुममा मायुलाई देखेँ तब पहिलो हेराईमै माया बस्यो ।
मासायुकी आफ्नो सेक्स डललाई व्हील चेयरमा राखेर डटमा पनि जाने गर्छन । मासायुकी मायुलाई आफ्नै हातले तयार पार्दछन् । उसलाई सेक्सी कपडा लगाइदिन्छन् । यहाँसम्म कि गहना पनि लगाइदिन्छन् । मायु आएपछि मासायुकीको जीवनको खालीपन हटेको छ। उनी मायुका साथ डइभमा जान्छन् ।समुद्रको सयर गर्छन् र खुब आनन्दासाथ विदा मनाउँछन् ।
सेक्स डलसँग प्रेम गर्ने मासायुकी एक्ला व्यक्ति भने होइनन्, जापानमा हरेक दिन यस्ता पुरुषको संख्यो बढिरहेको छ । जो सेक्स डलमा वास्ताविक प्रेम खोजिरहेका छन् ।
जापानमा हरेक वर्ष करिब दुई हजार लाइफ साइज सेक्स डल विक्री हुने गर्दछ । जसको मूल्य ६ हजार डलर हुन्छ । सेक्स डलका निर्माता ओरएन्ट इन्डस्ट्ीजका निर्देशक सूचिका भन्छन्, बढीभन्दा बढी पुरुष यो सेक्स डल किनिरहेका छन्, किनभने उनीहरुलाई लाग्छ कि उनीहरु साँच्चिकै योसँग कुरा गरिरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु