‘स्ववियु निर्वाचन कार्यतालिका परिवर्तन गर्न माग’

२०७३ माघ १९ गते, बुधबार

काठमाडौं, १९ माघ । नेकपा ( माओवादी) निकट अखिल क्रान्तिकारीले आफ्नो पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनसँग जुझ्न गएको भन्दै स्ववियु निर्वाचनको कार्यतालिकामा पुनः विचार गर्न माग गरेको छ । त्रिभुवन विवविद्यालयले आउदो फागुन १ गते मतदाता सूचि प्रकाशन गर्ने,३ गते सूचि उपर दावि विरोध गर्ने,४ र ५ गते उम्मेदारको मनोनयन वितरण गर्ने,उम्मेदारको नाम प्रकाशन गर्ने, ६ गते उम्मेदारको दाबी विरोध उपर छानबिन गर्ने,८ गते उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने र १४ गते स्ववियुको निर्वाचन सम्पन्न गर्ने आफ्नो कार्यतालिका यसअघिनै सार्वजनिक गरिसकेको छ ।
यस बिषयमा अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण बहादुर सिंहले आज एक विज्ञप्ती जारी गर्दै नेकपा माओवादीको ८ औं राष्ट्रिय महाधिवेशन आउदो फागुन १ देखी १५ गते सम्म हुने भएकोले निर्वाचनको कार्यतालिकामा पुनः विचार गर्न माग गरेका हुन । उनले अन्तविरोध हुने गरी त्रिविले ल्याएको निर्वाचनको कार्यतालिका आफुहरुलाई मान्य नहुने बताएका छन ।
अध्यक्ष सिंहले विज्ञप्ती मार्फत भनेका छन–‘त्रिभुवन विश्वविद्यालयले विगतका दलाल संसदवादीहरुले जस्तो तरिकाले भ्रष्टहरुको संरक्षण गर्दै स्ववियुको खिलाफमा चुनावको नौटंकी गरिरहेको छ । हामी एकिकृत जनक्रान्किो कार्यदिशाबाट वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्य सहित पार्टीको महाधिबेशनमा जुटिरहेका बेला हाम्रो अभियानमा अन्तरविरोध आउने गरी ल्याइएको कार्यतालिका मान्य हुन सक्दैन । त्यो विषयमा पुन विचार गरियोस ।’ उनले स्ववियुको निर्वाचन आउदो चैत्र भित्रै सम्पन्न हुने गरी नयाँ ढंगले सोच्न आग्रह समेत गरेका छन । उनले आफ्नो आग्रहलाई कुल्चेर यथास्थितीकै कार्यतालिका अनुसार निर्वाचनमा अघिबढे चुनाव होइन, आन्दोलन हुने भन्दै चेतावनी समेत दिएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार