उपत्यका बन्द प्रभावहीन

२०७३ पुष २० गते, बुधबार

काठमाडौं, २० पुस । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका कारण आफूहरु मारमा परेको भन्दै सडक विस्तारपीडित संघर्ष समितिले आज आह्वान गरेको उपत्यका बन्दको प्रभाव परेको देखिएको छैन । राजधानीका सडकमा सवारी साधन सुचारू छन् । सुरक्षाका लागि सडकमा बिहानैदेखि प्रहरीको उपस्थिति भने बाक्लो बनाइएको छ । सडक विस्तारपीडित संघर्ष समितिले सडक विस्तार गर्दा जग्गाको उचित मुआब्जा र भत्कने घरको क्षतिपूर्ति दिइनुपर्ने भन्दै उपत्यका बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रियाहरु