मेरो बुवा – इन्द्र थेगिम

२०७३ मंसिर १० गते, शुक्रबार

बर्षौं वाद बुवालाई भेट्दा,
हर्षित आंखाहरुमा गम भरियो।
मेरो बुवा!
सुकेर दाउराको ठुटा जस्तै देखें
चाउरिएको हाथहरु सुम्सुम्याइ रहें ।

कमजोर आंतले,
शिथिल शरीर लाई भित्र भित्रै खाइरहेको
बोल्ने लवज तेसै तेसै कांपिरहेको
मेरो बुवा को,
चमक रहित मुहार मौनता मा हेरिरहें।

उ बेला!
आमाको हातको लपेटा भेट्दा
हत्तार हत्तार,
हाओ! के गरेको तिमीले?
भनेको सुन्दा खुब मख्ख परेर
बुवाको काखमा घुस्रीन पुग्थें ।

हिसाब गर्न नजान्दा,
सुकेको मकै गेडा छोडाएर
६,७,८,९ अनि कति हुन्छ रे ?
मुखाग्र पारी कापी झोलामा राखेर
भोलि कैले होला र स्कुल जाउंला भन्थें।

भन्सा सकिए पछि,
सानाक सिनिक गर्नुहुन्थ्यो आमा ।
ओछ्यान लगाई भुइँमा लस्करै पल्टन्थ्यौं हामी ।
कान लाई आतुर हुन्थ्यो,
कैले बुवाले दन्त्य कथा सुनाउनु हुन्छ भनी।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु