ईमेज लोक कलाकार मध्यमाञ्चल अडिसन मंसिर १० देखि

२०७३ मंसिर ८ गते, बुधबार

काठमाडौं, ८ मंसिर । ईमेज च्यानलले सुरु गर्न लागेको ईमेज लोक कलाकार प्रतियोगताको मध्यमाञ्चल अडिसन यहि मंसिर १० र ११ गते काठमाडौंमा हुने भएकोे छ । ईमेज च्यानलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मध्यमाञ्चल अडिसनबारे जानकारी दिएको हो । सो प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरुले आवेदन फारम भरी अडिसनमा सहभागी हुनसक्ने छन् ।
यसअघि, पोखरामा पश्चिमाञ्चल र धरानमा पूर्वाञ्चल अडिसन सम्पन्न भइसकेको छ । पोखराबाट २५ र धरान अडिसनबाट २० जनालाई छनोट गरिएको छ । ईमेज लोक कलाकारका विजतालाई एक लाख रुपैयाँ नगदसहित एउटा गीतको अडियो–भिडियोसमेत निर्माण गर्ने अवसर दिइने छ । उत्कृष्ट पाँचजनाको छनोट भइसकेपछि ‘पब्लिक च्वाइस’मार्फत् विजेता छनोट गरिने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु