मलाई मेरै रुकुम प्यारो लाग्छ – हस्तबहादुर के.सी.

२०७३ मंसिर ७ गते, मंगलवार

मलाई मेरै रुकुम प्यारो लाग्छ
मलाई मेरै रुकुम राम्रो लाग्छ
मलाई मेरै रुकुम गौरव लाग्छ
त्यो सिस्ने हिमाल
त्यो पुछर हिमाल
त्यो स्यापू ताल
त्यो कमल दह
त्यो द्यौउराली गुफा
सबैभन्दा सुन्दर र प्यारो लाग्छ मलाई
अवीरल बगीरहने
त्यो ठूली भेरी नदि
त्यो सानी भेरी नदि
सबैभन्दा राम्रो लाग्छ मलाई
पूर्वको तकसेरा
पश्चिमको चौर जहारी
उत्तरको स्पालाखदी
दक्षिणको खरा रुघा
बिचका अनगिन्ती
गाउ बस्ती र भूभागहरु
त्यत्तिकै राम्रा र प्यारो लाग्छ मलाई
ती हजार पहाड
ती हजार नदी नाला र झरनाहरु
सुन्दर र प्यारो लाग्छ मलाई

उत्तरतिर बग्ने उत्तरगंगा
पश्चिम तीर बग्ने भेरी
दक्षिण बग्ने पुमाखोला
पूर्वमा पर्ने बाउले पहाड
त्यत्तिकै सुन्दर प्यारो लाग्छ मलाई
पूर्वमा फल्ने आलु खेती
पश्चिममा फल्ने धान खेती
उत्तरमा फल्ने तित्ते फापर
दक्षिणमा फल्ने मकै खेती
त्यत्तिकै प्यारो र मिठो लाग्छ ।

मलाई मेरै रुकुमको
उत्तर–पूर्वमा पर्ने लालपाटनमा
भेडा घोडा खच्चर
चरिरहेको हेर्न
ज्यादै मनमोहक र आनन्द लाग्छ मलाई
उत्तर पहाड र हिमालको
काखमा बस्ने
डाँफे मुनाल
झारल कस्तुरी मृग
हेर्न ज्यादै सुन्दर र मनमोहक लाग्छ मलाई
मेरै रुकुमको
आटो ढिंडो
सिस्नो साग
कलकल गर्ने चिसो पानी
सबैभन्दा मिठो र आराम लाग्छ मलाई

डिग्रे मेला
नाचिगाड कर कुनाखेत मेला
हेर्न र घुम्न
ज्यादै आनन्द र मज्जा लाग्छ मलाई
हाम्रै गाउँमा बनेको
कम्मलको बिछयाउना
बख्खु ओड्न
ज्यादै आनन्द र सुन्दर लाग्छ मलाई

यही भूमिमा उब्जेको
जौगहु कोदो फापर
मकै धान ढिडो आटो
सिसनो पानी
सबैभन्दा मिठो र सुन्दर लाग्छ
त्यसैले त
मेरो रुकुम सबैभन्दा राम्रो प्यारो छ
सबैभन्दा सुन्दर र मनमोहक छ

मैले चारैदिशा घुमे फिरे
हे¥या चारैतिर
देखे मैले नयाँ गाउ
नया समाज
राखे चासो सबैको
गरे अध्ययन एकएक गरि
तर
मैले मेरै रुकुम राम्रो देखे
मेरै रुकुम सुन्दर देखें
त्यसेले त
मेरै रुकुम मलाई प्यारो लाग्छ
मेरै रुकुम सुन्दर लाग्छ ।
जन्मे हुर्के पढे लेखे
यै रुकुमको भूमिभर
नाचे, घुमे चारैतीर
भेटे सबका सबलाई
साटे मैले सुख दुःख सबैसित
हातमा हातेमालो गर्दै
त्यसैले त मेरा भित्र लाग्छ
मलाई मेरै रुकुम प्यारो लाग्छ
मलाई मेरै रुकुम सुन्दर लाग्छ
रिङे घुमे सबै ठाउँ, सबै गाउँ घरमा
जगाए उठाए सबैलाई
गराए संगठित सबैलाई
सुनाए परिवर्तन क्रान्तिका कुरा
उठाए पनि क्रान्तिको झण्डा
यै रुकुमेली भूमिबाट
त्यसैले त मेरो मित्र
मलाई मेरै रुकुम प्यारो लाग्छ
मलाई मेरै रुकुम सुन्दर लाग्छ मेरै रुकुम गौरव लाग्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु