क्रान्तिका पहरेदार – पुष्पगोपाल श्रेष्ठ

२०७३ मंसिर २ गते, बिहीबार

आफु भित्र
आफु स्वयम्
पूर्ण रुपले
चोखिन बाँकि
चोखि नसकेका
यहाँ कतिपय
क्रान्तिकारी पण्डितहरु
अरुलाई
चोख्याउन
आफ्नो घाँटि नै
सुक्ने गरि
मालेमावाद भत्याउन
अत्यन्तै सिपालु
क्रान्तिकारी पण्डित
कहलिएका र कहलाएका
छत्तु
क्रान्तिकारी पण्डितहरु
अन्भैm
पार्टीभित्र कहि न कहि
कुनै न कुनै
भेष भुषामा
लुकि छुपि
धमिराले भैंm
क्रान्तिकारी पार्टीलाई
भित्र भित्रै
खोक्रो बनाई
ध्वष्ट पार्न
सच्चा क्रान्तिकारीहरुको
आखाँ छलि
ढुत्र्याइपूर्ण
तौर–तरिका
अपनाई
क्रियाशिल त
रहि आएका छैनन् ?
क्रान्तिकारी पार्टी

क्रान्तिका पहरेदार
सच्चा क्रान्तिकारीहरु
दिनमा मात्र हैन
मध्ये रातको
मस्त निन्द«ामा पनि
चेतनाको आँखा
खुल्लै राखेर
क्रान्किारी सचेतता
जगाई राख्नु
नितान्त जरुरी छ
किन भने
ती,
नेता मुखि

धुफौरेहरु
साम्राज्यवाद तथा विस्तारवादरुपि
सुलसुले हुन्
तीनिहरुलाई
सूक्ष्म तरिकाले
छानि छानि
निर्मूल नपारी हुन्न
निर्मूल त पार्नै पर्छ
अन्यथा
क्रान्तिकारी पार्टीको
औचित्यता र क्रियाशिलतामाथि
खडेरी नलाग्ला भन्न सकिन्न

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु